कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १६
|
255 views

ललितपुर - अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध बनेका छन् ।

आज बिहान आएको पहिरोले कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा माथिबाट खसेको पहिरोका कारण उक्त करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

      त्यसैगरी गुल्मीदरबार गाउँपालिका–३ स्थित घुम्तीमा पनि आज बिहान माथिबाट खसेको पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेको छ ।

      प्रहरी चौकी पुर्तीघाट र चारपालाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सडक खुलाउन टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube