पहिरोले कान्ति लोकपथ अवरुद्ध

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ९
|
306 views

ललितपुर - लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ ।

कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा पहिरो खसेकाले उक्त सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिनुभयो ।

यसैबीच, कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह सामान्य रहेको जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube