|
|
२०८३ कार्तिक २४
357 views

ललितपुर - कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ ।
आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू गरिएपनि पुन: सोही स्थानमा आज अपरान्ह पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सोपकोटाले जानकारी दिनुभयो ।
‘पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो, ‘केहीबेरमा एकतर्फी यातायात संचालनमा आउँछ, दुईतर्फी खुलाउन अझै समय लाग्ने देखिएको छ ।’ सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।



बिजनेस पाटी










