पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १०
|
408 views

ललितपुर - पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतहरूले बिहीबार बताएका छन् ।

चागी जिल्लाको नेसनल रिसोर्सेज लिमिटेड कम्पनीद्वारा सञ्चालित अन्वेषण तथा अनुसन्भान स्थलमा बुधबार स्थानीय समय अनुसार वेलुका ७ वजे आक्रमण भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।

तामा र सुनको अन्वेषण तथा अनुसन्भान स्थलमा आक्रमण भएको स्रोतहरूले पुष्टि गरेएका छन् ।

आतङ्ककारीहरूले आक्रमणको क्रममा साना हतियारको गोली र अन्डर–ब्यारेल ग्रेनेड लन्चर प्रयोग गरेको तथा तोडफोड गरी इन्धनमा क्षति पुग्नुनुका साथै तीनवटा शिविरहरुमा आगो लगाएको स्रोतले जनाएको छ ।

जवाफी गोलीबारीमा एकजना आतङ्कवादी मारिएको तथा बाँकी आक्रमणकारीहरू घटनास्थलबाट भागेको जनाइएको छ ।

सुरक्षा बलले खोजी तथा अनुसन्धान अभियान सुरु गरी सकेको जनाएको छ ।

मृतक मध्ये तीन जना निजी सुरक्षा गार्ड र छ जना मजदुर रहेको स्रोतले जनाएको छ भने अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन ।

 पात्रो/राशिफल  रेडियो YouTube