राष्ट्रसङ्घद्वारा इरान र पाकिस्तानबाट फर्केका अफगान नागरिकका लागि ‘आरपिएआर’ योजना सुरु

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ ७
|
153 views

ललितपुर - संयुक्त राष्ट्र सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एनजिओ साझेदारहरूसँग मिलेर इरान र पाकिस्तानबाट अफगान फर्केका अफगानहरुका लागि व्यवस्थापन गर्ने योजना (आरपिएआर) सुरु गरेको जनाएको छ । जसको सञ्चालनको लागि कुल ५२ करोड ९० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाइको छ । यसै बीच सन् २०२६ को अप्रिल देखि डिसेम्बर सम्ममा २७ लाख अफगानीहरु फर्कने अनुमान गरि उनीहरूसम्म पुग्ने योजना बनाइएको छ ।

सन् २०२३ सेप्टेम्बर देखि, लग–भग ५९ लाख अफगानहरू स्वदेश फर्केको जनाइएको छ भने दुई वर्षमा अफगानिस्तानको जनसङ्ख्या १० देखि १२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

      योजनाले आगामी आठ महिनाको अवधिमा इरानबाट थप १७ लाख र पाकिस्तानबाट ११ लाख मानिसहरु फर्किने अनुमान गरेको छ ।

      संयुक्त राष्ट्र सङ्घ र गैरसरकारी संस्थाहरूका साझेदारहरूले मानवीय सुरक्षा बिग्रन रोक्न र सङ्कट बढ्न नदिइ लाखौं अफगानहरूलाइ व्यवस्थापन गरी दिगो पुनः एकीकरणको माध्यामबाट बलियो आधार निर्माण गर्न ‘आरपिएआर २०२६’ लाई पूर्ण रूपमा कोष विनियोजन गर्न दाताहरूलाई आग्रह गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube