
ललितपुर - अफगानीस्थानका दुई प्रान्तमा आतङ्कवादी लुकेका ठाउँमा आक्रमण गरेको अफगान सेनाको दाबीलाई भ्रामक भन्दै पाकिस्तानले अस्वीकार गरेको पाकिस्तानको सूचना मन्त्रालयले जनाएको छ ।
विज्ञप्ति जारी गर्दै मन्त्रालयले अफगान अधिकारीहरूले पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरूमा कथित आतङ्ककारीहरूको शिविरहरूमा आक्रमण गर्न ड्रोन प्रयोग गरेको दाबी अस्विकार गरेको छ ।
दावीहरू झुटो भएको जनाउदै मन्त्रालयले इस्लामिक स्टेट अफ खोरासान प्रान्त र दुई दर्जन भन्दा बढी अन्य उग्रवादी संगठनहरूसँग सम्बन्धित शिविरहरू अवस्थित तथा अफगान अधिकारीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूबाट सञ्चालन हुने गरेको जनाएको छ ।
अफगानिस्तानले प्रक्षेपण गरेको प्राथमिक ड्रोन उत्तरपश्चिमी खैबर जिल्लाको पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको र पाकिस्तानी वायु सेनाको हवाई रक्षा प्रणालीद्वारा तुरुन्तै पहिचान गरी निष्क्रिय पारिएको मन्त्रालयले जनाएको छ ।
यस अघि अफगान रक्षा मन्त्रालयले अफगान वायुसेनाले छिमेकी पाकिस्तानमा इस्लामिक स्टेटका लडाकुहरूले प्रयोग गर्ने स्थानहरूमा रातारात आक्रमण गरेको बताएको थियो ।

बिजनेस पाटी