स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २६
|
663 views

ललितपुर - स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार व्यक्ति पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो ।

      खानतलासी गर्दा निजहरूको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube