देशका विभिन्न स्थानबाट लागुपदार्थसहित १६ जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
612 views

ललितपुर - ललितपुर – देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जना पक्राउ परेका हुन् ।

अभियुक्तहरूबाट खैरो हिरोइन र विभिन्न किसिमका मनोद्दिपक औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube