जुवाको खालबाट २५ जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ५
|
357 views

ललितपुर - मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५७ हजार ४० र चार बुक ताससहित पक्राउ गरेको हो ।

धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमारसमेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८८ हजार ९७० र १६ थान कौडा हित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube