२०८२ चैत्र २२ | Apr 05, 2026

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ७
|
1.6k views

लेनदेन तथा बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेनदेन बिगो मुद्दामा सिरहा जिल्ला अदालतले २०७९ साल माघ १७ गते दुई वर्ष कैद सजाय सुनाएका ४५ वर्षीय रामजनम यादव पक्राउ परेका हुन् । सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी यादवलाई छिमेकी विष्णुपुर गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी नजिक खाजा खान लागेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो ।

यस्तै, इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी करिब ४० वर्षीय प्रमोद साहलाई पनि पक्राउ गरेको छ । जिल्ला अदालतको २०७९ साल पुस २९ गतेको फैसला अनुसार खोजीमा रहेका धनगढीमाई नगरपालिका–९, गोठचोक निवासी साहलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया