२०८२ चैत्र २२ | Apr 05, 2026

भरूवा बन्दुक सहित एक जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ८
|
816 views

बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया