|
|
२०८२ चैत्र २४
204 views
ललितपुर - लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।
करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा हामीले गोली चलाउनुप-यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०-३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।’
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया