वैदेशिक रोजगारीका पिडितलाई ठग्ने इन्द्रलाल गोले पक्राउ

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र २४
|
102 views

ललितपुर - वैदेशिक श्रमिकका पिडितलाई न्याय दिने भन्दै खोलिएको संस्था वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत, स्वयम्भुबाट खटिएको टोलीले काठमाडौं स्थित अन्नपुर्ण चोकबाट हिरासतमा लिएको हो ।

अनाधिकृतरुपमा मेनपावर व्यवसायी, पीडित र एजेण्टहरुलाई प्रभावमा पारी पैसा असुलेको भन्ने साथै कार्यालयमा पाखुरावालहरु जम्मा पारी मेनपावरसँग चन्दा आतंक चलाएको आरोप लागेको छ ।

वितग केही वर्षदेखि यही पेशामा लागेका गोलेले काठमाडौंमा घर गाडि समेत जोडेको पाइएको छ ।

केश अनुशन्धानमै रहेकाले थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो