लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १७
|
255 views

ललितपुर - नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो । उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ ।

      यसैगरी, कोहलपुर नगरपालिका–१० चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका–२५ याम्दीबाट एक र सिम्रौगढ नगरपालिका–३ भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरबाट एक जनालाई पक्राउ गरेको हो । उनीहरु बुधबार पक्राउ परेका हुन् ।

       पात्रो/राशिफल  रेडियो YouTube