पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १९
|
867 views

ललितपुर - पूर्वयुवराज पारस शाहलाई काठमाडौंस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

बिहीबार बिहान नियमित जाँचका लागि अस्पताल भर्ना गरिएका शाहको पेसमेकर परिवर्तन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

उनी बिहान ८ बजे अस्पताल भर्ना भएका थिए र हाल निगरानीका लागि अस्पतालमै राखिएको छ । स्रोतका अनुसार डा. यादव भट्ट नेतृत्वको टोलीले पेसमेकर परिवर्तन गरेको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube