|
|
२०८२ फाल्गुन ६
357 views
ललितपुर - ललितपुर – शिवरात्रिको दिन पशुपति क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् ।
घटना पशुपतिनाथ मन्दिर परिसरमा भएको थियो । शिवरात्रिका अवसरमा सुरक्षा व्यवस्थामा खटिएका प्रहरीलाई श्रेष्ठले लात प्रहार गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सर्वसाधारणसँग पहिचानका लागि सहयोग मागेको थियो ।
जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार श्रेष्ठलाई बालाजुबाट पक्राउ गरिएको हो । केटी जिस्काएको विषयमा प्रहरीले सम्झाउन खोज्दा उनले उल्टै प्रहरी जवानमाथि हातपात गरेका थिए ।

बिजनेस पाटी