पेरुको राष्ट्रपतीय निर्वाचनः वामपन्थी उम्मेदवार सान्चेजले फुजिमोरीलाई पछ्याउँदै

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २
|
1.3k views

ललितपुर - पेरुको राष्ट्रपति निर्वाचनमा जारी मतगणनामा केइको फुजिमोरीलाई पछ्याउँदै वामपन्थी उम्मेदवार रोबर्टो सान्चेज बुधबार दोस्रो स्थानमा उक्लिनुभएको छ ।

जुनमा हुने दोस्रो चरणको निर्वाचनमा फुजिमोरी र सान्चेजको प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ।

    निर्वाचन प्रक्रियाको राष्ट्रिय कार्यालयको अद्यावधिक गणनाअनुसार ८९ प्रतिशतभन्दा बढी मतपत्र गणना सान्चेजलाई अति परम्परावादी उम्मेदवार राफेल लोपेज अलियागालाई पछि पार्न निकै कठिन परेको देखिएको छ ।

    गणना हुन बाँकी मतसङ्ख्याहरू अझै पनि धेरै रहेकोले अलियागा प्रतिस्पर्धामा आउने सम्भावना भने कायमै छ ।

      मतपत्र र अन्य सामग्रीको आपूर्तिमा ढिलाइका कारण राजधानी लिमाका केही भागहरूमा आइतबारको निर्वाचन सोमबारसम्म चलेको थियो । मङ्गलबारदेखि जारी मतगणनामा सुरुवाती चरणमा सान्चेज पछाडि रहेपनि बुधबार लगातार नतिजालाई सुधार्दै प्रतिस्पर्धामा पुग्नुभएको हो ।

      चुनावपूर्व सर्वेक्षणहरूले मतदाताहरूको उदासीनताको उच्च स्तर देखाएका छन् । धेरै पेरुवासीहरू नेतृत्वमा ‘आर्थिक घोटाला तथा राजनीतिक कलङ्क’को सामना गर्नुपरेकोमा आजित भएका बताउने गरेका छन् । पेरूमा राष्ट्रपतिहरूलाई हटाउने, अभियोजन गर्ने र जेल हाल्ने एक श्रृङ्खलालाई सामना गर्नु परेको भन्दै मतदाताले निराशा व्यक्त गर्ने गरेका छन् ।

      मतदानको पूर्वसन्ध्यामा अग्रमोर्चामा रहेका केइको फुजिमोरीले आफ्नो पहिलो १०० दिनमा अर्जेन्टिना, चिली, इक्वेडर र बोलिभियामा भर्खरै निर्वाचित कन्जरभेटिभ नेताहरूसँग मिलेर संयुक्त मोर्चा बनाउने र देशमा व्यवस्थित कानुनी, आर्थिक तथा राजनीतिक प्रणालीको स्थापना गर्ने बताउनुभएको छ।

      इप्सोसका सर्वेक्षणकर्ताहरूका अनुसार शीर्ष पाँचमा केवल एक वामपन्थी नेता रोबर्टो सान्चेज देखिनुभएको छ । उहाँ पूर्व व्यापार र पर्यटन मन्त्री हुनुहुन्छ । पछिल्लो दशकमा पेरुमा हत्याको दर दोब्बरभन्दा बढी भएको छ ।

      पेरुको प्रहरीमा रिपोर्ट गरिएको फिरौती मुद्दाहरूको सङ्ख्या गत बर्षको तुलनामा आठ गुणाभन्दा बढीले बढेको र यो सङ्ख्या गत बर्षको तीन हजार २०० बाट बढेर २६ हजार ५०० मा पुगेको छ । यो सङ्ख्या पनि प्रशासनमा दर्ता भएका गुनासाहरूको सङ्ख्या मात्र हो ।

       पात्रो/राशिफल  रेडियो YouTube