|
|
२०८२ फाल्गुन ४
816 views
ललितपुर – पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एकले बढेको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर रु तीनले वृद्धि गरिएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ ।
त्यसैगरी सुर्खेत र दाङमा प्रतिलिटर रु १५५ तोकिएको छ ।
यस्तै चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५३.५० कायम गरिएको छ ।
मट्टीतेलको मूल्य भने प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया