प्रधानमन्त्री स्वयं उपस्थित हुनैपर्ने कानुनी बाध्यता नरहेको जिकिर : रास्वपा

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
51 views

ललितपुर - सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह ले स्वयं दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।

विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने अडान राखेका हुन् ।

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने प्रधानमन्त्री स्वयं उपस्थित हुनैपर्ने कानुनी बाध्यता नरहेको जिकिर गरेको छ ।

      रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी ले प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ उल्लेख गर्दै प्रधानमन्त्री अनुपस्थित हुँदा मन्त्रीलाई प्रतिनिधित्वको जिम्मा दिन सकिने बताए ।

      उनले संसद्मा भने, “आज प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो तर्फबाट प्रतिनिधि तोक्नुभएको जानकारी मलाई आएको छ। त्यसैले सदनको कारबाही त्यसैअनुसार सुचारु गरौँ ।

      प्रधानमन्त्री नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला संसद्बाट बाहिरिएको घटनापछि विपक्षी दलहरूले लगातार आलोचना गर्दै आएका छन् । त्यसै विषयलाई लिएर संसद्मा तनाव बढ्दै गएको देखिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube