२०८२ फाल्गुन २ | Feb 14, 2026

स्वास्थ्य बिमा समस्या समाधानतर्फ प्रधानमन्त्रीको पहल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २१
|
306 views

ललितपुर – प्रधानमन्त्री सुशीला कार्कीले देशमा स्वास्थ्य बिमासम्बन्धी समस्या समाधान गर्ने प्रयास प्रारम्भ गर्नुभएको छ ।

यसै क्रममा, उहाँले सम्बन्धित सरोकारवालासँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

देशका विभिन्न अस्पतालहरूले केही समयदेखि स्वास्थ्य बिमाबापतको रकम नपाउँदा सेवा बन्द गर्ने चेतावनी दिएका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको जनाएका छन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार, देशभर सूचीबद्ध स्वास्थ्य संस्थाहरूलाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया