प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनमा सहयोगका लागि भारत सरकारप्रति कृतज्ञता ज्ञापन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
510 views

ललितपुर - ललितपुर – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने विशेष निर्वाचन सहज रूपमा सम्पन्न गर्न भारत सरकारले नेपाललाई प्रदान गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ ।

कार्कीले आज नेपालमा रहनुभएका भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा, सवारीसाधन र अन्य आवश्यक सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

यसैबीच, राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र असल छिमेकीको नाताले सहयोग गर्नु भारतको कर्तव्य भएको बताउनुभयो । उहाँले निर्वाचनपछि नेपालको लोकतान्त्रिक र संवैधानिक स्थायित्व भारतका लागि पनि महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube