|
|
२०८२ फाल्गुन १
510 views
ललितपुर – प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गरिएको तयारी, शान्ति–सुरक्षा व्यवस्था तथा जिल्लाका समग्र गतिविधिबारे जानकारी लिन पाथीभरा पुग्नुभएको छ ।
आज बिहान उहाँले पाथीभरा माता मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । पूजा अर्चनापछि कार्कीले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, फागुन महिना, निर्वाचन महिना पाथीभराबाट सुरुवात । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेटघाट गरी निर्वाचन व्यवस्थापन र सुरक्षासम्बन्धी छलफल गर्ने कार्यक्रम रहेको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया