२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रधानमन्त्री कार्कीले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग वैकल्पिक योजनामा अघि बढाउन निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
357 views

ललितपुर – प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिनुभएको छ ।

ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा र स्थानीय आस्थामा असर पर्ने भएपछि प्रधानमन्त्री कार्कीले वैकल्पिक मार्गमा अघि बढेर आयोजना चाँडो सम्पन्न गर्न आवश्यक ठान्नुभएको हो ।

आज उहाँले अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देल र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई छलफलका लागि बोलाएर वैकल्पिक मार्गको तयारीको निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले विकास निर्माणमा अनावश्यक ढिलासुस्ती नगर्न, विवाद समाधानका विकल्प खोजेर अघि बढ्न र आवश्यक भए डीपीआर संशोधन गर्न आग्रह गर्नुभएको छ। यसअनुसार, खोकना प्रस्थानविन्दुबाट ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा निर्माण गर्ने गरी डीपीआर संशोधन हुने तयारी भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया