२०८२ फाल्गुन २ | Feb 14, 2026

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल-आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ४
|
1.3k views


ललितपुर । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, परराष्ट्रमन्त्री बालानन्द शर्मा, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका पदाधिकारी सहभागी थिए । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने कार्यतालिका रहेको छ । यसैबीच निर्वाचन आयोगले आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । त्यसका लागि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ तयार पारेर राजपत्रमा प्रकाशित गरिसकेको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेका थिए । निर्वाचन आचारसंहिता लागू भएपछि सरकार तथा दलहरूले सोही अनुसार आफ्ना गतिविधि गर्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया