विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताबाट होइन : प्रधानमन्त्री शाह

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २२
|
204 views

ललितपुर - प्रधानमन्त्री वालेन्द्र शाहले विद्यार्थीले राजनीति नेताको भीडबाट होइन, गुरुबाट सिक्नुपर्ने बताएका छन् । विद्यालय तथा विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने र कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयबारे प्रतिक्रिया दिँदै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भिडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन ।

      प्रधानमन्त्री शाहले विद्यार्थीले सभ्यता विचार र जिम्मेवारीसहितको राजनीति सिक्नुपर्ने र कर्मचारीले कुनै दलको होइन जनताको सेवा गर्न सिक्नुपर्ने बताए ।

      उनका अनुसार यो कदम प्रणाली र भविष्य जोगाउने, देशलाई दलगत प्रभावबाट मुक्त गरी संस्थागत मार्गमा अघि बढाउने प्रयास हो । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने उद्देश्यले अध्यादेशमार्फत यस्ता व्यवस्था गरिएको उनले स्पष्ट पारे ।

       पात्रो/राशिफल  रेडियो YouTube