२०८२ चैत्र २२ | Apr 05, 2026

प्रधानमन्त्रीका सल्लाहकारको राजीनामा, अर्थमन्त्री खनाल कुलिङ पिरियडमा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ६
|
816 views

प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले राजीनामा दिएका छन् । राजीनामा दिँदै उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै कठिन परिस्थितिमा दिएको नेतृत्वको प्रशंसा गरेका छन् ।

उनले आफूले सिक्ने ठूलो अवसर पाएको र एक सफल महिला प्रधानमन्त्रीसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । साथै, उनले चैत २ गते सोमबार नै राजीनामा दिएको उल्लेख गरेका छन् ।

यसैबीच, अर्थमन्त्री रामेश्वर खनाल ‘कुलिङ पिरियड’मा प्रवेश गरेको बताएका छन्, जसले उनी छिट्टै पदबाट हट्न सक्ने संकेत गरेको छ ।

यसअघि नै उनले कूटनीतिक राहदानी र मन्त्रीको नाममा खोलिएको इमेल आईडी बुझाइसकेको जानकारी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया