|
|
२०८२ फाल्गुन ७
663 views
ललितपुर - ललितपुर – राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेल सहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुभएको हो । सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा नेपालको कला-संस्कृति झल्कने विभिन्न झाँकी, मार्चपास, नृत्य तथा सांगीतिक धुन प्रस्तुत गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

बिजनेस पाटी