|
|
२०८२ फाल्गुन ९
663 views
ललितपुर - ललितपुर – आज प्रधानमन्त्री सुशीला कार्कीले पवित्र मायादेवी मन्दिर सहित थाइल्याण्ड सरकारले बनाएको गुम्बा, संग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गर्नुभएको छ । निर्वाचनको तयारी सम्बन्धी जानकारी लिने क्रममा रुपन्देही भ्रमण पछि उहाँ लुम्बिनी पुग्नुभएको हो ।
भ्रमणका क्रममा लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठले प्रधानमन्त्रीलाई स्वागत गर्दै गुरुयोजना र कोषका गतिविधिबारे विस्तृत जानकारी गराउनुभयो । लुम्बिनीको विकास र अन्तर्राष्ट्रिय धार्मिक पर्यटन प्रवर्द्धनबारे छलफलसमेत भएको बताइएको छ । अवलोकनले लुम्बिनीको सांस्कृतिक महत्त्व र विकास सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

बिजनेस पाटी