पुरुषको असली पहिचान

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २४
|
408 views

ललितपुर - गोबिन्द  राज ओझा (राजन)

पुरुष केवल रूप होइन, मनको उज्यालो हो,

    दुःख–पीडा लुकाएर हाँस्ने त्यो साहस हो।

    थाकेर जब घर फर्किन्छ, शान्ति जहाँ पाइन्छ,

    आफ्नोपनको न्यानो काख, त्यही उसको आश हो।

    खामोशीका भाव बुझ्ने, शब्द खोज्नु पर्दैन,

    कमजोरीमा साथ दिने, दोष कहिल्यै लगाउँदैन।

    आँखाभित्र लुकेको त्यो पीडा पढ्न सक्ने,

    संसारले नबुझे पनि आफ्नै मान्छे छाड्दैन।

    आँसु देख्दा कमजोर होइन, मान्छे सम्झनुपर्छ,

      घाउभित्रको वेदनालाई माया दिएर बुझ्नुपर्छ।

      हारेको बेला हात समाई अघि बढ्न सिकाउने,

      जीवनभरि साथ दिने त्यो हृदय खोज्नुपर्छ।

      जब सारा संसार उसको विरुद्धमा उभिन्छ,

      आफ्नो मान्छे ढाल बनी उसको सामु उभिन्छ।

      “डर नमान, म साथमै छु” यति मात्रै भनिदिँदा,

      टुटेको त्यो मन फेरि नयाँ आशाले जुर्मुरिन्छ।

      धन–दौलत, रूप–रङले पुरुष महान् हुँदैन,

      साँचो प्रेम, विश्वासबिनाको जीवन पूर्ण हुँदैन।

      थाकेको मनलाई घरझैँ न्यानो ठाउँ दिने,

      त्यही पुरुष हो—जो प्रेममा कहिल्यै पछि हट्दैन। 

       पात्रो/राशिफल  रेडियो YouTube