कतै वार नसम्झनु

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २७
|
1.5k views

ललितपुर - रुपा रिसाल


कतै वार नसम्झनु कतै पार नमम्झनु
रहस्यमय जिन्दगी को धार नसम्झनु ।

    रत्तिभर निन्द्रा नलाग्ने लामा रात छन्
    सपनीमा उडेको यान आधार नसम्झनु ।

      नामो निशान मेटाउने ती बाढीका भेल
      बगाएर लगेको शहरलाई टार नसम्झनु ।

      सुरुङभित्र जीवित कोही त हुन सक्छन्
      खोजविन कार्य तिब्रता छ हार नसम्झनु ।

      दैवको खेल अचम्मको छ प्रलयका क्षण
      विपदमा परेका प्राणीलाई भार नसम्झनु ।

      कतै वरिपरि दुख्ने मुटु छट्पटी रहेका छन्
      हिलाम्मे दलदलमा फसेका घार नसम्झनु ।

       पात्रो/राशिफल  रेडियो YouTube