देशद्रोहीहरूलाई मृत्युदण्ड दिइनुपर्छ

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ८
|
7k views

ललितपुर -

– ऋतु आसीक

    तत्कालीन प्रधानमन्त्री ओली 

    जब–जब तिमी बेजिङ्गमा

    लिम्पियाधुरा, लिपुलेक, कालापानी 

    यो देशको वर्चश्व गीत गाइरहेका थियौ । 

    म नेपाली भएकामा गर्व गर्दै, 

    तिमीप्रति गर्व गर्दै, 

    तिमीप्रति राष्ट्र धरोहरको रूपमा

    तिमीप्रति सन्मान झन्–झन् चुलिँदै थियौ । 

    म आफूलाई गर्व गर्थे 

    पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा 

    तिम्रो राष्ट्रियताप्रतिको अगाधतामा 

    तिमीप्रति मनमनै असङ्ख्य पल्ट नमन गरे ।

    बेजिङ्गमा तिम्रो उद्घोष

    राष्ट्रप्रतिको तिम्रो हुङ्कार 

    हामी आफूले शिर उठाएर 

    मनमनै नमन गरेका थियौँ ।

    हाम्रा लेखिनीमा तिमीप्रति अगाधता पोखेका थियौँ । 

    हाम्रा अगाधता राष्ट्रप्रति तिम्रो त्यो 

    अजेयताका जिम्मेवारीमा 

    गर्वले हामी फुलेका थियौँ । 

    बेजिङ्गमा राष्ट्रप्रति तिम्रो अगाध स्नेहतामा

    हामी नेपालीहरू गौरवान्वित धन्यता ओढिरहेका थियौँ । 

    तिमी देश फर्किँदै गर्दा 

    चीनमा तिमीद्वारा गरिएका गौरवान्वित कार्यहरू 

    देशप्रति जिम्मेवारका उद्बोधन 

    ती शब्दहरू सुनाउन नपाउँदै 

    देश जलिरहेको थियो 

    सिंहदरबार मेरो देशको माया जलिरहेको थियो । 

    संयुक्त राष्ट्रसंघमा आफूलाई रोप्ने सिंहदरबार 

    जलिरहेको थियो 

    देशको सम्मानित धरोहर 

    मेरो देश हाँक्ने आस्थाको धरोहर जलिरहेको थियो । 

    मेरो देशको गौरव सिंहदरबार जलिरहेको थियो । 

    जब–जब सिंहदरबार जलिरहेको थियो । 

    मेरो देशको सेना, प्रहरी सुतिरहेको थियो । 

    ती सेनाहरू 

    ती प्रहरीहरूलाई 

    मेरो देशको वैभवता जलिरहँदा 

    ती सेनाहरू 

    ती प्रहरीहरू त्यसबेला के गर्दै थिए ? 

    सेनापति एवम् प्रहरी प्रमुख 

    तिमीहरू के गरिरहेका थियौ । 

    मेरो देशको स्वतन्त्रताको 

    मेरो देशको अहम्ता 

    राष्ट्र निर्माणका कमाण्डर घर जलिरहँदा 

      सेना प्रमुख, प्रहरी प्रमुख 

      तिमीहरूलाई आगो लप्का बलिरहँदा 

      अचेत या मृत्यु भएका थियौ ? 

      यसको लागि तिमीहरूलाई दण्डको भागी बनाइनु पर्दैन ? 

      मेरो देश जलिरहँदा 

      मेरा देशको स्वतन्त्रता 

      मेरो देशको सार्वभौमिकता माथि

      अमेरिकी सरकारको घृणित हर्कत 

      मेरो देशका वैभव भूमिहरू 

      मेरो देशको सिंहदरबार राष्ट्रको मुटु जलिरहँदा 

      अमेरिकी दानापानीमा चुर्लुम्म डुबेर 

      देशमाथि घात गरिरहँदा 

      सेना र प्रहरी व्यारेकबाट कि निस्किएन ? 

      सेनापति र प्रहरी प्रमुख तिमीहरूसँग 

      देशले जवाफ मागेको छ ?

      जब–जब एम.सी.सी.मा 

      अमेरिकासँग सम्झौता हुँदै थियो । 

      नेपालको कानुनभन्दा माथि हुनेछ 

      देशभन्दा ठूलो अमेरिकी कानुन हुनेछ । 

      यस्तै–यस्तै देशद्रोही हस्ताक्षर भएको छ । 

      एम.सी.सी.मा हस्ताक्षर गर्ने जो सुकै होस् 

      जुन कलेवरमा 

      पार्टी–पार्टीका देशद्रोही अनुहार 

      जेजस्तो ओहदामा होस् 

      ती सबै काटिनुपर्छ ।

      देशद्रोहीको आरोपमा ती घिस्याउनुपर्छ 

      सडक–सडकमा घिसारेर 

      ती काटिनुपर्छ । 

      ती देश घातको आरोपमा 

      ती प्रधानमन्त्री नै किन नहोस् 

      देशप्रति गद्दारी गरिनेहरू 

      देशप्रति घात गरिनेहरू काटिनुपर्छ । 

      तत्कालीन हस्ताक्षरमा जो जो छौ 

      तिमीहरूमाथि देशद्रोहीको आरोपमा

      मृत्युदण्डको फरमान देशले जारी गरिनुपर्छ ।

      अमेरिकी राष्ट्रको दादागिरीको फरमान विरुद्ध 

      संयुक्त राष्ट्रसङ्घ उजुर हालियोस् 

      अमेरिका मेरो देश विरुद्धका घात घृणित कार्यहरू 

      तिमीसँग क्षतिपूर्तिका मापन गरिनुपर्छ ।

      राष्ट्रप्रति घात प्रतिघातका प्रहरी र सेनाको मौनता विरुद्ध 

      देशले सशक्त आयोगको माग गर्दछ ।

      राष्ट्रघात गरिने जो सुकै यी सबैलाई 

      देशद्रोहीहरूलाई मृत्युदण्डको घोषणा गरिनुपर्छ । 

      ७ माघ २०८२

      तरहरा, इटहरी 

      स्वतन्त्र पत्रकार एवम् स्वतन्त्र सेनानी

       पात्रो/राशिफल  रेडियो YouTube