६,६२२ विद्यार्थी आज पोखरा विश्वविद्यालयबाट दीक्षित हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
510 views

ललितपुर - ललितपुर – पोखरा विश्वविद्यालयमा छ हजार ६२२ जना विद्यार्थी आज दीक्षित हुँदैछन्

व्यवस्थापन सङ्कायबाट ३,६२५, विज्ञान तथा प्रविधि सङ्कायबाट २,५०६, स्वास्थ्य विज्ञानबाट ३६५, र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ जना विद्यार्थीलाई उपाधि प्रदान गरिनेछ ।

स्नातकोत्तर तहमा उच्चतम अङ्क ल्याउने विद्यार्थीलाई कुलपति पदक, स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक, र स्नातक तहको बीएससी कार्यक्रममा उच्चतम अङ्क ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ ।

शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मानित हुनेछन् ।

 पात्रो/राशिफल  रेडियो YouTube