तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक १८
|
51 views

ललितपुर - तुई खोलामा पुल नहुँदा स्थानीयलाई खोला वारपार गर्न सास्ती भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ का स्थानीयले हरेक वर्ष ज्यान जोखिममा राखेर खोला वारपार गर्दै आएका आएका छन् ।

खोलामा पुल नहुँदा वर्षा सुरु हुनासाथ स्थानीयको दैनिकी कष्टकर र जोखिमपूर्ण बन्ने गरेको छ । स्थानीय गोविन्द नेपालीले तुइखोलामा पुल नहुँदा खोला वारपार गर्न सकस व्यहोर्नुपरेको बताउनुभयो ।

      खोला वारपारमा स्थानीय स–साना विद्यार्थीले कष्ट व्यहोर्नुपरेको छ । स्थानीयले पटकपटक स्थानीय सरकारसँग पुल बनाइदिन माग राख्दा सुनुवाइ नभएको उहाँहरुको गुनासो छ ।

       पात्रो/राशिफल  रेडियो YouTube