
ललितपुर - प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा र सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार घर कर्जाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ भने कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ । यस योजनामा सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको छ । घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भार र घर निर्माणका लागि जग्गा खरिद गर्नसमेत यो कर्जा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
त्यस्तै, सवारी साधन कर्जाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराइएको छ । यसमा पनि सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको छ ।
बैंकका अनुसार आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर (DO) उपलब्ध गराइनेछ । यसले ग्राहकलाई सहज र छिटो प्रक्रियामार्फत सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
प्रभु बैंकले देशभरका ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । नयाँ कर्जा योजना पनि बैंकका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिनेछ ।
योजनाबारे थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखा वा ग्राहक सेवा केन्द्र ०१–५९७०४८८ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

बिजनेस पाटी