
ललितपुर -
नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र काठमाडौंको बबरमहलस्थित प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डधारकहरूले हस्पिटलको सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।
भर्ना भएका बिरामीका हकमा औषधि र उपभोग्य सामग्री बाहेकका शुल्कमा छुट लागू हुनेछ भने भर्ना नभई उपचार गराउने बिरामीका लागि औषधि र परामर्श शुल्क बाहेकका सेवामा छुट प्रदान गरिनेछ ।
सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंक लिमिटेडका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौता सन् २०२६ मे २८ देखि लागू भई २०२८ मेसम्म कायम रहनेछ ।
प्रभु बैंकले हाल देशभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बिजनेस पाटी