क्रान्तिको सपना अझै अधुरो, सबै कम्युनिस्ट एकताबद्ध गर्ने दाबी : प्रचण्ड

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २०
|
153 views

ललितपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् ।

आज मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा बोल्दै उनले समाजवादतर्फको यात्रा अझै जारी रहेको उल्लेख गरे ।

      दाहालका अनुसार विभिन्न कम्युनिस्ट समूहहरूलाई एकताबद्ध गर्दै नेकपा गठन गरिएको र अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि समेटेर अघि बढ्ने लक्ष्य रहेको छ ।

      उनले शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याएर देशलाई स्थायित्व र समाजवादतर्फ लैजाने प्रयास गरिने बताए ।

       पात्रो/राशिफल  रेडियो YouTube