ललितपुर – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चित भएकाले पार्टीका नेता तथा कार्यकर्तालाई प्रचारप्रसार अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ ।
पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले निर्वाचन प्रक्रियामा जुट्न र पार्टीका उम्मेदवारलाई जिताउन आआफ्नो ठाउँबाट सक्रिय हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नु भयो ‘जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुनलागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन आजैदेखि सक्रिय भएर अघि बढ्नुपर्छ ।
अन्य पार्टीसँग चुनावी तालमेल गरी उम्मेदवारी निष्कृय गर्ने हल्लाप्रति सचेत गराउँदै नेकपा आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जितेर संसद्मा ठूलो पार्टी बन्न चाहन्छ भन्ने स्पष्ट पार्नुभयो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया