|
|
२०८३ भाद्र १०
663 views

ललितपुर - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत र मानवीय सेवामा एकजुट भइ परिचालन हुन आग्रह गर्नुभएको छ ।
‘विपद्को यस घडीमा नागरिकको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो, संयोजक दाहालले सामाजिक सञ्जालमा भन्नुभएको छ, सङ्घ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबै एकजुट भई उद्धार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउन आग्रह गर्दछु ।’

बिजनेस पाटी