|
|
२०८२ फाल्गुन ९
357 views
ललितपुर - ललितपुर – पुष्पकमल दाहालले सुशासन माग गर्ने युवामाथि दमन गर्ने र संवैधानिक संस्थामाथि आगजनी गर्ने प्रवृत्तिविरुद्ध लड्दै देशलाई समृद्धितर्फ लैजाने सङ्कल्प लिएको बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी सन्देशसभामा उहाँले देश कठिन र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै दुई अतिवादविरुद्ध संघर्ष गर्दै सन्तुलित विकासको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दोलखा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार विशाल खड्काले समृद्ध दोलखा निर्माण आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना निर्माणमा नेकपाको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै जनअपेक्षा पूरा गर्ने दाबी गर्नुभयो ।

बिजनेस पाटी