निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
714 views

ललितपुर - ललितपुर – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग समीकरण नहुने स्पष्ट पार्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा आफ्नै चुनावी एजेण्डासहित निर्वाचनमा सहभागी हुने बताउनुभयो ।

‘यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै एजेण्डा, पार्टी सङ्गठन र जनताको साथ र सहयोगमा निर्वाचनमा जाँदैछौँ,‘ संयोजक दाहालले भन्नुभयो । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये बागलुङको क्षेत्र नं १ बाहेक अन्यत्र तालमेल नभएको जानकारी दिँदै उहाँले अन्यत्र चुनावी तालमेल गर्ने नीति नरहेको स्पष्ट पार्नुभयो ।

नेकपाले विगतका कमीकमजोरी सच्याएर सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध नेकपा प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दल, सुरक्षा निकाय र आमजनताको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

संयोजक दाहालले युवाको भावनाअनुसार संविधान संशोधन गर्दै राजनीतिक स्थिरता ल्याउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार निर्वाचनले मुलुकलाई नयाँ राजनीतिक निकास दिनेछ ।

 पात्रो/राशिफल  रेडियो YouTube