ललितपुर – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिवेशमा नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस भएकाले कम्युनिष्ट शक्तिबीच एकता सुदृढ गरिएको बताउनुभएको छ ।
सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज ललितपुरमा आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको संरक्षण र वैदेशिक षड्यन्त्रको सामना गर्न सक्षम कम्युनिष्ट पार्टी निर्माण गरिएको उल्लेख गर्नुभयो ।
संयोजक दाहालले विभिन्न कम्युनिष्ट तथा समाजवादी धारका घटकलाई एकताबद्ध गर्दै राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यसहित पार्टी एकता गरिएको स्पष्ट पार्नुभयो । “निर्वाचनमार्फत जनताको अपेक्षा पूरा गर्ने दृढ सङ्कल्पका साथ हामी एकतामा गएका हौँ,” उहाँले भन्नुभयो ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन असाधारण परिस्थितिमा हुन लागेको उल्लेख गर्दै संयोजक दाहालले नेकपाका उम्मेदवारलाई विजयी गराउन सबैमा आग्रह गर्नुभयो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया