|
|
२०८२ फाल्गुन २२
918 views
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेकी छन् ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले २०३ मत र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया