ललितपुर - अमेरिका–इजरायलले इरानमाथि जारी राखेको आक्रमण र त्यसको इरानी प्रत्याक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
मानव अधिकार तथा शान्ति समाजले आज बिहान तीन देशका दूतावासअगाडि शान्तिपूर्ण धर्ना दिएको हो । महाराजगञ्जस्थित अमेरिकी दूतावास, लाजिम्पाटको इजरायली दूतावास र दरबारमार्गस्थित इरानी कन्सुलेट अगाडि प्रदर्शन गरिएको समाजले जनाएको छ ।
इजरायली दूतावासअगाडिको प्रदर्शनमा शान्ति समाजकी अध्यक्ष रेनुका पौडेलले नेतृत्व गरेकी थिइन्। उक्त प्रदर्शनमा अधिकारकर्मी कृष्ण पहाडीसहित करिब तीन दर्जन सहभागी थिए ।
प्रदर्शनकारीहरूले सडक पेटीमा बसेर ‘शक्ति राष्ट्रहरू: युद्धको पक्षपोषण होइन, अन्त्य गर्न योगदान गर अमेरिकाः स्टप द वार, प्रमोट द पिस’ युद्ध विस्तार हुँदैछ, मानवता पराजित हुँदैछ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
शान्ति समाजको आयोजनामा बिहान ११ बजेदेखि आधा घण्टा अमेरिकी दूतावास अगाडि तथा त्यसअघि इरानी कन्सुलेट कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया