|
|
२०८२ चैत्र १७
306 views
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै सबै नेता तथा कार्यकर्ताहरूलाई एकजुट हुन सार्वजनिक अपिल गरेका छन् ।
मङ्गलवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले कांग्रेसको ऐतिहासिक सफलताको मुख्य आधार नै एकता भएको उल्लेख गरे ।
देशका हरेक संकट र ऐतिहासिक परिवर्तनमा कांग्रेसले एकजुट भएरै नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले अहिलेको प्रतिकूल समयमा पार्टी छिन्नभिन्न हुन नहुनेमा जोड दिए ।
‘म पार्टी महामन्त्री मात्र नभई एक इमानदार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔँ,’ पौडेलले लेखेका छन् । एकतामा नै शक्ति रहने र यसैको बलमा मात्र पार्टीले उज्यालो भविष्य प्राप्त गर्न सक्ने उनको ठम्याइ छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया