प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
153 views

ललितपुर - संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन्।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन्

    संखुवासभाका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर तथा दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारीमा स्नातकोत्तर गरेका छन् ।

      उनसँग निजामती सेवामा २४ वर्षको अनुभव रहेको छ। उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।

      यसअघि सचिव रहेका हर्कराज राई मंगलबार पदमुक्त भएका थिए

      संविधानअनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ

       पात्रो/राशिफल  रेडियो YouTube