|
|
२०८२ चैत्र ५
816 views
ललितपुर - निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ ।
बिहीबार आयोगमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन् ।
गत फागुन २१ गते भएको निर्वाचनमा समानुपातिकतर्फ ६ राजनीतिक दलले सिट प्राप्त गरेका थिए । तीमध्ये
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): ५७ सिट
- नेपाली कांग्रेस: २० सिट
- नेकपा (एमाले): १६ सिट
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा): ९ सिट
- श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी: ४–४ सिट
यसअघि प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ सांसदलाई मत परिणाम सार्वजनिक भएपछि नै सम्बन्धित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया