२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक करिब १ अंकले घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ४
|
1.9k views

ललितपुर । आज साताको पहिलो सेयर कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको छ।

गत बुधबार अर्थात् अघिल्लो सेयर कारोबार दिन १.५२ अंक बढेर २६४१.४३ विन्दुमा बन्द भएको नेप्से, आइतबार सोही सेसनमा ०.९० अंक घटेर २६४०.५२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ५५ स्टकको ११६ पटकको कारोबारमा ४ करोड ७ हजार ८६३ रुपैयाँ ३० पैसाबराबरको ५२ हजार ३१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया