
ललितपुर - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा समावेशी बन्दै गएको उल्लेख गर्दै सदनमा आउने जो–कोही पनि आफ्नै प्रतिनिधि जस्तो” महसुस हुने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूले सुरु गरेको सशस्त्र संघर्षकै कारण आजको राजनीतिक संरचना समावेशी बनेको दाबी गरे ।
उनले भने, हामीले बन्दुक उठाएकै कारण आजको संसद् यति समावेशी भएको हो। सदनमा जो आए पनि आफ्नै जस्तो लाग्छ ।
यस क्रममा उनले काठमाडौं महानगरका प्रमुख तथा प्रधानमन्त्री बालेन्द्र शाह प्रति पनि टिप्पणी गर्दै उनको उदयलाई राजनीतिक परिवर्तनसँग जोडेर हेरे ।
बालेन्द्र शाह काठमाडौं मेयर हुँदै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला तर मलाई लाग्छ यो क्रान्तिकै संकल्पको जित हो, प्रचण्डले भने ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग विगतमा सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य भएको स्मरण गर्दै त्यस पार्टीका नेताहरूलाई पनि बधाई दिए ।
प्रचण्डको यो अभिव्यक्तिले संसद् भित्र नयाँ राजनीतिक शक्ति र पुराना दलबीचको सम्बन्धबारे थप बहस सुरु गराएको छ ।

बिजनेस पाटी
















