ललितपुर - नयाँ वर्ष २०८३ को अवसर पारेर राष्ट्रिय खाद्य बैंक लिमिटेडले भक्तपुरको मध्यपुर ठिमीस्थित दिव्यश्वरी प्लानिङमा ‘आर.के.वी. मार्ट’ सञ्चालनमा ल्याएको छ । मंगलबार एक सानो तर आत्मीय कार्यक्रमबीच मार्ट उद्घाटन गरिएको हो ।
बिहान १०:३० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने मार्टले उद्घाटनको अवसरमा विशेष छुट योजना पनि ल्याएको छ । वैशाख १ देखि ७ गतेसम्म १० प्रतिशत छुट, त्यसपछि महिनाभर ७ प्रतिशत छुट र ५ हजार रुपैयाँभन्दा बढी खरिदमा सधैं ५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ ।

मार्टमा रैथाने तथा अर्गानिक खाद्यान्नलाई प्राथमिकता दिइएको छ । कागती, अदुवा, मेथी, मकै, फापर र कोदो जस्ता स्थानीय तथा स्वास्थ्यवर्धक उत्पादनहरू सहज रूपमा उपलब्ध गराइनेछ ।
कार्यक्रमका सहभागीहरूले परम्परागत स्वाद र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई पोषणयुक्त खानातर्फ आकर्षित गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

राष्ट्रिय खाद्य बैंकले कृषिमा आत्मनिर्भरता, स्थानीय उत्पादनको प्रवर्द्धन र स्वस्थ समाज निर्माणलाई लक्ष्य बनाउँदै यस्तो पहल अघि बढाएको जनाएको छ ।
नयाँ वर्षसँगै सञ्चालनमा आएको यो मार्टले “स्थानीय खाऔँ, स्वस्थ बनौँ” भन्ने सन्देशलाई व्यवहारमा उतार्ने अपेक्षा गरिएको छ ।


बिजनेस पाटी











