२०८२ फाल्गुन ३ | Feb 15, 2026

रास्वपा सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार, झ्यालको सिसा फुट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २२
|
561 views

ललितपुर – झापा–५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कमल गाउँपालिका सम्पर्क कार्यालय रहेको घरमा गएराति अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेका छन् ।

कमल गाउँपालिका–२ मा जयप्रकाश अधिकारीको घरको माथिल्लो तलामा पार्टीको सम्पर्क कार्यालय सञ्चालन हुँदै आएको छ । ढुंगा प्रहारबाट घरबेटी बस्ने कोठाको झ्यालको सिसा फुटेको झापा प्रहरीले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालका अनुसार सम्पर्क कार्यालय रहेको कोठामा भने कुनै क्षति पुगेको छैन । घटनाबारे अनुसन्धान भइरहेको उनले बताएका छन् ।

यसैबीच रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले कार्यालय रहेको घरमा ढुंगा हानिएको विषय गम्भीर भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया